Sunday, August 19, 2007

Friday, March 02, 2007

जातिवाद

अहिले जताततै जातिवादको कुरा चल्छ। समाचार, अखबार, बल्ग र चोकमा बसेर हुने कुराकानीमा समेत जातियताको कुरा चल्छ। हुँदा हुँदा यो मलेच्छ्यहरुको देश अमेरिकामा समेत त्यो शुरु गरियो।
कुरा ३-४ दिन अगाडीको नेपालीहरुको पार्टीको हो। जाँड जति जति (घाँटीबाट) झार्‍यो, त्यति नै चड्दै जाने चिज न ठहरियो। ठट्टै ठट्टामा एउटा नेवारले सुनायो त्यही पुरानो जोक-

सराध्यमा धेरै खिर खाएर बाहुन ढले पछि जजमानले जिरा दियो पचाउन। बाहुनले भन्यो-"जिरा अट्ने ठाउँ भा भे त खिर नै खान्थें नि।"

हाँसो सकिनु भन्दा अगाडी नै अर्को बाहुन उठ्यो र सुनायो यो जोक-

गनाउने बोका र भोटेलाई एउटै कोठामा राख्दा सहन नसक्ने बनाएर बोका भगाउने भोटे दाई र एउटा नेवारसँगै बसेर जाँड र छोयला खाँदै रहेछन्। त्यतिकैमा एउटा झिंगा आएर भोटे दाईलाई टेन्सन दिएछ। झ्याप भोटे दाईले झिंगा च्याप्प समातेर क्वाप्प खाइदिएछन्, लौ जा त भनेर। त्यतिकैमा अर्को झिंगा पनि भुनुनु गर्दै आएछ। यसपालि चाहीं व्यापारी नेवार दाईले झिंगा च्याप्प समातेर भोटे दाईतिर फर्केर सोधेछन्-"किन्छस्?"

Wednesday, February 28, 2007

Sunday, January 21, 2007

हामी (भूपि शेरचन)

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सुर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्र्छौं
र आफुलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झयालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
र्टर र्टर र्टटराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठांै
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उर्ठाईको कुनै महत्व छैन,
हाम्रो दगुर्राईको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको 'छ्वाइयँ' भन्दा बढी वजन छैन ।

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उँचाई झूठा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउको उचाईंभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
र्सकसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लठ्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाईंलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिर्सिसक्यौं
हामीले सामान्य मानिसको उँचाईलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त 'गुलिभर' झैं
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौं
उफर्न्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैं
हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी 'लिलिपुट' का मानव हौं ।
हामी लघुमानव हौं ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टनि नसक्ने
कसैले छुटयाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रति,
आफ्नो गति हराएरका
एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्र्छौ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्र्छौं
र, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्षउसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्र्छौं
र मक्ख पर्छौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौं
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै-सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ ।
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँड्ने र दगुर्र्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला ।
हामी केही पनि हृवैनौं
र शायद त्यसैले केही हृवौं कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई

Thursday, January 18, 2007

Some Romantic SMS

1.When u r alone,
when u r crying,
when u r upset,
when u r sad,
just make me a call
coz
incoming call is free for me.


2. Khas hum sms hote!
Ek click mein aapke pass hote!
Bhale aap hame delete kar dete!
Par kuch pal ke liye hum aapke saath hote!

3. Ajnabi galiyon se hum gujara nahi karte,
Dard e dil liya aur diya nahi karte,
Yeh dosti ka rista sirf tum se hai,
Warna itne sms hum kisiko kiya nahi karte.

4. If you promise to come in my dream, let god help me never get up.

5. Zindagi ki rahon pe jab aage aage jaoge,
Peeche ek saya tum hardam paoge,
Mudkedekhoge to tanhai hogi,
Agar mehsus karoge to humko paoge...

6. Flowers die
Stories end
Songs fade
Memories forgotten
All things come 2 end
But ppl like u will always be remembered as long as i live.

7. Friendship is the rainbow between 2 hearts sharing 7 colours of Feelings, Love, Sadness, Happiness, truth, faith & Respect.


8. Nobody wants U.
Nobody Loves U.
Nobody misses U.
Nobody cares about U.
Nobody makes U happy.
DON'T CRY.
My name is NOBODY.

Tuesday, January 16, 2007

नवराज सरको गोदाइ

स्कुलको कुरा याद आयो कि मलाई दुईटा कुराको एकदम याद आउँछ, एउटा नौ कक्षामा पुष्पा मिसले गरेको गाली अनि अर्को चाहिं ६ कक्षामा नवराज लम्साल सरले गोदेको।

मैले त्यसदिन लाइब्रेरीबाट 'गिनिज बुक अफ वल्ड रेकर्ड'को किताब ल्याएको थिएँ। कक्षामा नवराज सर आइसकेका रहेछन्। 'म्याइ कम इन सर' भनेर भित्र गइयो। एउटा साथी थियो-रविन पण्डित नामको। गिनिज बुक हातमा देखेर उसले मलाई जिस्काउँदै भन्यो-'ल हेर, केटाहरु यस्तो यस्तो किताब पढ्ने भइसके!'। मैले पण्डित साथीलाई जिस्काउँदै भनें-'तिमी जस्तो संस्कृतको ठेलि पढ्ने हो त म!'।
नवराज सरले त्यतिखेर हामीलाई संस्कृत पढाउँथे। मेरो दुर्भाग्य, नवराज सरले मैले भनेको कुरा मात्र सुने। अर्थको अनर्थ भयो त्यसपछि। भर्खर फ्रान्समा कबिता महोत्सबमा भाग लिएर फर्केका नवराज सरले 'तँलाई संस्कृत पढाउनेले अङ्ग्रजी जान्दैन जस्तो लाग्छ? म भर्खर फ्रान्समा दुइटा भाषण कागत नहेरि दिएर आएको छु, संस्कृतको क्लासमा तँ संस्कृतलाई हेप्सछ्। नाम मार्कोनी भएर हुन्छ?'

अधुरो कुरा सुनेर उनले त्यस पछि मेरो यति राम धुलाई गरे कि त्यसको बयान म गर्न सक्दिन। रेडियो नेपालमा कार्यक्रम प्रस्तोता भएर पछि भानुभक्त स्कुल छाडेर जाँदा 'म मार्कोनीलाई कहिले पनि बिर्सिन सक्दिन'भन्ने नवराज सरको त्यो पिटाइ शायद म पनि कहिल्यै बिर्सिन्न होला।

Friday, January 12, 2007

APPLE

स्कूलको कुरा हो, म Upper KG मा हुँदाको। पढाइमा अल्छी र कमजोर दुबै थिएँ म जसले गर्दा प्राय टिचरहरुको शिकार भइरहन्थें। शान्ति मिस भनेपछि पूरा कक्षा थर्कमान हुन्थ्यो त्यतिखेर। उनले होमवर्क दिंदा भोलि पल्ट नबुझाउने कोही पनि हुँदैन थियो.....म बाहेक।

त्यस दिन बुझाउनु पर्ने कुनै गृहकार्य थिएन। म ढुक्क थिएँ आज मेरो कपाल बकुल्ला भुत्ल्याए झैं गरेर भुत्ल्याइँमा पर्ने छैन भनेर। तर शान्ति मिस न हो, शायद मलाई नभकुरि उनलाई खाएकै पच्दैन थियो होला। मलाई उभाएर सोधियो-'Apple' को स्पेलिङ् भन्?'

ल बर्बाद, उनले फलफूलको नाम टिपाएर एक हप्ता अगाडी नै घोक्नु भनेको मैले त भुसुक्कै बिर्सेछु। हैन, सोधे पनि 'Apple' नै किन सोधेको, 'Orange' को सोध्नु, O-R-A-N-G-E मलाई कण्ठै थियो, GRAPE सोध्नु, G-R-A-P-E भन्ने पनि याद छ। तर यो याद नभएको APPLE नै किन? Apple भनेको के हो शुद्ध थाह छैन आफूलाई चाहीं। टाउकोमा लिखा परेको पाराले कनाउँन थालें (परेको चाहीं थिएन)।

'आउँदैन तलाई त्यसो भए?'

मैले कपाल कनाउन छाडें। मिसले नै भुत्ल्याउने भएपछि मैले Warm-Up किन गर्नु!

'छिटो भन्।' उनले आँखा तरिन्।

आँखा तरे पनि, खोला तरे पनि, आए पो भन्नु। कक्षाको सबभन्दा ठूको स्वर भएको गफाडी म त्यतिखेर Pin-Drop-Silent को हालतमा थिएँ। तिखो पिन मेरै माथि खस्दैछ भन्ने पनि थाह थियो मलाई।

'Apple, Apple; स्याउको spelling पनि आउँदैन तँलाई?' उनी कुर्लिइन्।

ए...........स्याउ पो। के के नै सोधेको होला भनेको त स्याउ रे। हेत्, हात्ती आयो हात्ती आयो, फुस्सा। म मनमनै दङ्ग परें। कालो भएको मुखमा पनि मुस्कान आयो, शरिर थर्र काम्न छाडे।। अनि जवाफ दिए मैलेँ - 'S-A-याउ‍‍‍‍‍ = स्याउ'।

म दुइदिन स्कूल गइन त्यस पछि। तेस्रो दिन मलाई A-P-P-L-E apple, apple भनेको स्याउ कण्ठै थियो।