Sunday, August 19, 2007

Friday, March 02, 2007

जातिवाद

अहिले जताततै जातिवादको कुरा चल्छ। समाचार, अखबार, बल्ग र चोकमा बसेर हुने कुराकानीमा समेत जातियताको कुरा चल्छ। हुँदा हुँदा यो मलेच्छ्यहरुको देश अमेरिकामा समेत त्यो शुरु गरियो।
कुरा ३-४ दिन अगाडीको नेपालीहरुको पार्टीको हो। जाँड जति जति (घाँटीबाट) झार्‍यो, त्यति नै चड्दै जाने चिज न ठहरियो। ठट्टै ठट्टामा एउटा नेवारले सुनायो त्यही पुरानो जोक-

सराध्यमा धेरै खिर खाएर बाहुन ढले पछि जजमानले जिरा दियो पचाउन। बाहुनले भन्यो-"जिरा अट्ने ठाउँ भा भे त खिर नै खान्थें नि।"

हाँसो सकिनु भन्दा अगाडी नै अर्को बाहुन उठ्यो र सुनायो यो जोक-

गनाउने बोका र भोटेलाई एउटै कोठामा राख्दा सहन नसक्ने बनाएर बोका भगाउने भोटे दाई र एउटा नेवारसँगै बसेर जाँड र छोयला खाँदै रहेछन्। त्यतिकैमा एउटा झिंगा आएर भोटे दाईलाई टेन्सन दिएछ। झ्याप भोटे दाईले झिंगा च्याप्प समातेर क्वाप्प खाइदिएछन्, लौ जा त भनेर। त्यतिकैमा अर्को झिंगा पनि भुनुनु गर्दै आएछ। यसपालि चाहीं व्यापारी नेवार दाईले झिंगा च्याप्प समातेर भोटे दाईतिर फर्केर सोधेछन्-"किन्छस्?"

Wednesday, February 28, 2007

Sunday, January 21, 2007

हामी (भूपि शेरचन)

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सुर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्र्छौं
र आफुलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झयालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
र्टर र्टर र्टटराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठांै
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उर्ठाईको कुनै महत्व छैन,
हाम्रो दगुर्राईको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको 'छ्वाइयँ' भन्दा बढी वजन छैन ।

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उँचाई झूठा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउको उचाईंभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
र्सकसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लठ्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाईंलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिर्सिसक्यौं
हामीले सामान्य मानिसको उँचाईलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त 'गुलिभर' झैं
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौं
उफर्न्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैं
हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी 'लिलिपुट' का मानव हौं ।
हामी लघुमानव हौं ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टनि नसक्ने
कसैले छुटयाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रति,
आफ्नो गति हराएरका
एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्र्छौ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्र्छौं
र, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्षउसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्र्छौं
र मक्ख पर्छौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौं
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै-सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ ।
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँड्ने र दगुर्र्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला ।
हामी केही पनि हृवैनौं
र शायद त्यसैले केही हृवौं कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई

Thursday, January 18, 2007

Some Romantic SMS

1.When u r alone,
when u r crying,
when u r upset,
when u r sad,
just make me a call
coz
incoming call is free for me.


2. Khas hum sms hote!
Ek click mein aapke pass hote!
Bhale aap hame delete kar dete!
Par kuch pal ke liye hum aapke saath hote!

3. Ajnabi galiyon se hum gujara nahi karte,
Dard e dil liya aur diya nahi karte,
Yeh dosti ka rista sirf tum se hai,
Warna itne sms hum kisiko kiya nahi karte.

4. If you promise to come in my dream, let god help me never get up.

5. Zindagi ki rahon pe jab aage aage jaoge,
Peeche ek saya tum hardam paoge,
Mudkedekhoge to tanhai hogi,
Agar mehsus karoge to humko paoge...

6. Flowers die
Stories end
Songs fade
Memories forgotten
All things come 2 end
But ppl like u will always be remembered as long as i live.

7. Friendship is the rainbow between 2 hearts sharing 7 colours of Feelings, Love, Sadness, Happiness, truth, faith & Respect.


8. Nobody wants U.
Nobody Loves U.
Nobody misses U.
Nobody cares about U.
Nobody makes U happy.
DON'T CRY.
My name is NOBODY.

Tuesday, January 16, 2007

नवराज सरको गोदाइ

स्कुलको कुरा याद आयो कि मलाई दुईटा कुराको एकदम याद आउँछ, एउटा नौ कक्षामा पुष्पा मिसले गरेको गाली अनि अर्को चाहिं ६ कक्षामा नवराज लम्साल सरले गोदेको।

मैले त्यसदिन लाइब्रेरीबाट 'गिनिज बुक अफ वल्ड रेकर्ड'को किताब ल्याएको थिएँ। कक्षामा नवराज सर आइसकेका रहेछन्। 'म्याइ कम इन सर' भनेर भित्र गइयो। एउटा साथी थियो-रविन पण्डित नामको। गिनिज बुक हातमा देखेर उसले मलाई जिस्काउँदै भन्यो-'ल हेर, केटाहरु यस्तो यस्तो किताब पढ्ने भइसके!'। मैले पण्डित साथीलाई जिस्काउँदै भनें-'तिमी जस्तो संस्कृतको ठेलि पढ्ने हो त म!'।
नवराज सरले त्यतिखेर हामीलाई संस्कृत पढाउँथे। मेरो दुर्भाग्य, नवराज सरले मैले भनेको कुरा मात्र सुने। अर्थको अनर्थ भयो त्यसपछि। भर्खर फ्रान्समा कबिता महोत्सबमा भाग लिएर फर्केका नवराज सरले 'तँलाई संस्कृत पढाउनेले अङ्ग्रजी जान्दैन जस्तो लाग्छ? म भर्खर फ्रान्समा दुइटा भाषण कागत नहेरि दिएर आएको छु, संस्कृतको क्लासमा तँ संस्कृतलाई हेप्सछ्। नाम मार्कोनी भएर हुन्छ?'

अधुरो कुरा सुनेर उनले त्यस पछि मेरो यति राम धुलाई गरे कि त्यसको बयान म गर्न सक्दिन। रेडियो नेपालमा कार्यक्रम प्रस्तोता भएर पछि भानुभक्त स्कुल छाडेर जाँदा 'म मार्कोनीलाई कहिले पनि बिर्सिन सक्दिन'भन्ने नवराज सरको त्यो पिटाइ शायद म पनि कहिल्यै बिर्सिन्न होला।

Friday, January 12, 2007

APPLE

स्कूलको कुरा हो, म Upper KG मा हुँदाको। पढाइमा अल्छी र कमजोर दुबै थिएँ म जसले गर्दा प्राय टिचरहरुको शिकार भइरहन्थें। शान्ति मिस भनेपछि पूरा कक्षा थर्कमान हुन्थ्यो त्यतिखेर। उनले होमवर्क दिंदा भोलि पल्ट नबुझाउने कोही पनि हुँदैन थियो.....म बाहेक।

त्यस दिन बुझाउनु पर्ने कुनै गृहकार्य थिएन। म ढुक्क थिएँ आज मेरो कपाल बकुल्ला भुत्ल्याए झैं गरेर भुत्ल्याइँमा पर्ने छैन भनेर। तर शान्ति मिस न हो, शायद मलाई नभकुरि उनलाई खाएकै पच्दैन थियो होला। मलाई उभाएर सोधियो-'Apple' को स्पेलिङ् भन्?'

ल बर्बाद, उनले फलफूलको नाम टिपाएर एक हप्ता अगाडी नै घोक्नु भनेको मैले त भुसुक्कै बिर्सेछु। हैन, सोधे पनि 'Apple' नै किन सोधेको, 'Orange' को सोध्नु, O-R-A-N-G-E मलाई कण्ठै थियो, GRAPE सोध्नु, G-R-A-P-E भन्ने पनि याद छ। तर यो याद नभएको APPLE नै किन? Apple भनेको के हो शुद्ध थाह छैन आफूलाई चाहीं। टाउकोमा लिखा परेको पाराले कनाउँन थालें (परेको चाहीं थिएन)।

'आउँदैन तलाई त्यसो भए?'

मैले कपाल कनाउन छाडें। मिसले नै भुत्ल्याउने भएपछि मैले Warm-Up किन गर्नु!

'छिटो भन्।' उनले आँखा तरिन्।

आँखा तरे पनि, खोला तरे पनि, आए पो भन्नु। कक्षाको सबभन्दा ठूको स्वर भएको गफाडी म त्यतिखेर Pin-Drop-Silent को हालतमा थिएँ। तिखो पिन मेरै माथि खस्दैछ भन्ने पनि थाह थियो मलाई।

'Apple, Apple; स्याउको spelling पनि आउँदैन तँलाई?' उनी कुर्लिइन्।

ए...........स्याउ पो। के के नै सोधेको होला भनेको त स्याउ रे। हेत्, हात्ती आयो हात्ती आयो, फुस्सा। म मनमनै दङ्ग परें। कालो भएको मुखमा पनि मुस्कान आयो, शरिर थर्र काम्न छाडे।। अनि जवाफ दिए मैलेँ - 'S-A-याउ‍‍‍‍‍ = स्याउ'।

म दुइदिन स्कूल गइन त्यस पछि। तेस्रो दिन मलाई A-P-P-L-E apple, apple भनेको स्याउ कण्ठै थियो।

Saturday, January 06, 2007

Thursday, January 04, 2007

Monday, January 01, 2007

नयाँ वर्ष

म सित समाजमा परिवर्तन ल्याउन सक्ने क्षमता छैन। देशको अप्ठ्यारो परिस्थितिबाट भागेको म मेरो देशलाई पनि शायद केही गर्न सक्दिन होला यो वर्ष। के म देशको लागी कामना गर्न सक्छु त?

देशमा स्थाई शान्ति आओस् भन्न मन लाग्छ मलाई तर लाग्दैन अबको वर्ष पनि देशमा हत्या हिंसाबाट मुक्त हुनेछ। बरु देशमा नयाँ प्रकारको हिंसा शुरु हुन सक्छ। अमेरिकाले ईराक पनि छाड्ला जस्तो छैन। शायद कमैयाहरु पनि तिनकूनेमा नै अर्को नयाँ वर्ष मनाउलान्! एमालेले सडक संघर्षको चेतावनी दिइ नै रहनेछ, माओवादीहरु पनि शान्तिको शाब्दिक राग गाइनै रहनेछन्। नेपाली काङ्ग्रेसमा नेतृत्वको झगडा पनि यथावत रहनेछ। भावूक नभइ भन्ने हो भने नयाँ वर्षमा यी कुराहरुमा खासै कुनै drastic परिवर्तन नआउला।

तर नेपालमा राजतन्त्रको भविष्य यही वर्ष निर्धारण हुन सक्छ।गणतन्त्र नेपाल- मैले देखेको एउटा मात्रै सकारात्मक कुरा यही हो। हुन त गणतन्त्र आएपछि पनि नेपालको समस्या जहिको तहि नै रहन्छ, यो पक्का हो। गणतन्त्र हाम्रो लक्ष्य होइन, एउटा साधन हो देश अगाडि लैजान। देशका यावत समस्या गणतन्त्र घोषणाको भोली पल्ट निराकरण हुनै सक्दैन। तर कुरा हामी कहाँ छौं भन्ने भन्दा पनि हामी कता गइरहेछौं भन्ने कुरा महत्वपूर्ण हो। विकासको दिशामा उल्टो तिर गइरहेको देश नेपाल यी सबैका बावजुत आज सही दिशा तर्फ उन्मुख छ। यो आफैमा एउटा उपलब्धि हो।

तर यी सबै कुरामा मैले गर्न सक्ने के त? शायद केही छैन। शायद यो वर्ष पनि अगिल्ला वर्षहरु जस्तै मैले देश, समाज भन्दा पनि आफ्नै लागि काम गर्नु पर्छ, गर्छु होला। के गर्ने त? के हो मेरो New Year Resolution? त्यसैले नयाँ वर्षको बेलामा आजबाट होइन, हिजैबाट बियर र हाड ड्रिङ्क्स अब नगर्ने घोषणा हामीबाट गरिबक्सेका छौं। पशुपतिनाथले आफू लगायत हामी सबैको कल्याण गरुन्।

Sunday, December 24, 2006

नेपाल

केही दिन अगाडी एउटा प्रोफेसरसँग कुराकानी हुँदा उनले सोधिन्-"तिमीहरुको देशमा त जहाँबाट हेरे पनि माउन्ट एभरेष्ट देखिन्छ होला, हैन?"
अर्को एउटा विदेशी साथीले हामीले फुटबल खेलेको देखेर सोधेका थिए-"तिमीहरुको देशमा पनि फुटबल ग्राउण्ड छ?" उनले पनि नेपाल पहाडै पहाडको देश भनेर सुनेका रहेछन्।
झन् टाढाका पनि होइन, एकदमै नजिकका, भारतका एकजना साथीले मलाई सोधेका थिए-"तिमीहरुको देशमा त पहाडै पहाड छ रे, सुत्‍ने खाट कसरी अड्छ त्यस्तो ठाडो डाँडामा?" भन्नै पर्दैन, उनी सरदार थिए।

देशको बारेमा त थाह रहेछ, तर उनीहरुले नेपाल सम्बन्धि पाएको 'थाह' नेपाल र नेपालीले दिन खोजेको 'थाह' बाट कतै धेरै टाढा पुगेको त होइन। खै के, खै के??

Saturday, December 23, 2006

बरखी बारेको कुखुरा

“ए झाँक्री दाइ, लौन मेरो श्रीमतीलाई के रोग लागेको छ, यसो झारफुक गरिदिनु पर्‍यो।“
आगोको ज्वाला निल्दै बुर्लुक्क उफ्रेर काम्दै झाँक्रीले भन्यो-“मसाने भुतको मामला छ, एउटा बरखी बारेको कुखुराको भाले काट्यो भने सब ठिक हुन्छ”। झाक्रीले जवाफ दियो।

“ल बर्बाद, अब कुन कुखुराले बरखी बारेको छ भनेर कसरी थाह पाउने? कुनै कुखुराको बौ कुन हो, त्यो मरेको एक वर्ष भयो कि भा छैन, कसरी पत्तो लगाउने? सकिंदैन झाँक्री दाइ यो त”।

“त्यसो भए मलाई हजार रुपिँया दिनुस्, मैसँग छ एउटा यस्तो भाले” झाँक्रीले फलाक्यो।
बाध्य भएर विचरोले हजार रुपिँया निकाल्यो। त्यस पछि झाँक्रीले एउटा सेतो ब्रोइलर कुखुरा निकालेर काटेछ।


स्रोत: मह: http://www.bbc.co.uk/nepali/highlights/story/2004/09/040908_chhumantar.shtml

Sunday, December 17, 2006

गरिबको अधिकार हुँदैन

उद्योग मन्त्रालयका एकजना अधिकृत साथीसँग केही दिन अगाडी च्याटमा भेट भएको थियो।धेरै पछि भेट भएको एउटा साथीसँगको कुराकानीको बिचबाट एउटा अधिकृतसँगको छलफल निकालेर यता राखेको छु।

साथी: के छ मार्को?

म : ओहो साथी!, के छ हालखबर? के हो? म जस्तै इन्टरनेटको दुरुपयोग गर्दै छौ कि क्या हो सिंहदरवारमा बसेर?

साथी: होइन यार, म त दिगो विकासका कुराहरु पढ्दै छु।

म : ओहो, दिगो विकास भनेको त त्यो महेश भट्टराईले Final Year मा पढाएको कुरा होइन?

साथी: देशमा विकास छ कि छैन थाह छैन, तर के गर्नु? काम गर्न दिगो विकास नभई हुँदैन।

म : गर्नु त परि गो नि साथी। नेपालमा अधिकृत पो हौ त तिमी।

साथी: किन दिगो विकास? थाह छ?

म : विकास चाहिन्छ नै, दिगो हुनै पर्‍यो, त्यसैले त होला नि!

साथी: होइन ब्रदर। त्यति सजिलो कहाँ हुन्छ?

म : अनि?

साथी: डोनरको इन्ट्रेस्ट त्यता छ, त्यसैले। विदेशीको चाहना‍‍..........

म : डोनरको मात्र किन? हाम्रो पनि त प्राथमिकता त्यही होला नि?

साथी: वास्तवमा हाम्रो प्राथमिकता के हो? हामीलाई थाह छैन। वास्तवमा यो विकास हुने ठाँउ नै होइन।

म : कसरी?

साथी: ट्यालेन्ट सबै बाहिर, हाम्रै क्लासका आधि बाहिर छन्, सबै बाहिर गए पछि कसले, किन र कसरी गर्ने विकास?

म : तिमी छौ नि त्यता? हामी मध्ये सबसे खतरा त तिमी नौ हौ नि यार।

साथी: छोड विकासका कुराहरु, यता त धेरै जाडो छ यार अचेल। यो मौसमले त मलाई बिहे गर्न पो प्रेरित गरिराको छ यार।

म : लौ, हो र? हाहा। कसरि?

साथी: दिल बेइमान.......

म : यता त हामी फुर्सद भयो कि म्यारिज चल्छ यार। हिजै मैले 1$ जितिं म्यारिजमा। तर मालै नपर्ने भनेको!

साथी: जम्मा एक डलर?

म : यता डोनरले पैसा दिंदैन, के गर्नु? साँचि डोनरले नेपालमा के यो काम गर् भनेर दबाव नै दिन्छ? कि चाहीं यसो गर्नु पर्‍यो भनेर भन्छ अनि तिमीहरु खुरुक्क त्यही गर्छौ?

साथी: डोनरले पैसा दिएर हैरान, हामी पैसा दिन आयो भने भाग्छौं। तिमि त पत्याउँदैनौ होला?

म : हो र? कुन फिल्डमा दिन्छ त्यस्तरी पैसा?

साथी: पैसा त जहाँ पनि छ, तर पनि Environment, Energy भयो भने अलि धेरै झर्छ।

म : वास्तवमा यो डोनर भनेको कस्तो हुन्छ? यसले experiment गर्न त्यसो गर्छ कि? कि नेपालको बारेमा धेरै कुरा थाह पाएर हो? कि केही थाह नै हुँदैन? कि यो धेरै पैसा हुनेहरु मूर्ख नै हुन्छन्?

साथी: वास्तबमा यो डोनरको र हाम्रो प्राथमिकता नै मिल्दैन, तै पनि...। अझ, कुन प्रोजेक्ट राम्रो भन्ने कसैलाई पनि थाह नै हुँदैन, पछि फेल भएपछि मात्रै झुर काम भएछ भन्ने थाह हुन्छ।

म : किन त्यस्तो हुन्छ त?

साथी: तिमीलाई थाह छ मेरो माथिको हाकिम को छ?

म : एउटा ठूलो नेताको मान्छे छ क्यारे, हैन?

साथी: ऊ पनि मेकानिकल ईञ्जिनियर हो।

म : त्यसपछि? के गर्छ त त्यसले?

साथी: त्यस पछि सकियो। केही पनि गर्दैन।

म : प्रविधिको ज्ञान चाहीं कति को छ त्यसलाई?

साथी: वास्तवमा नेपालमा केही गर्न सकिंदैन, बुझ्यौ?

म : किन त्यस्तो भन्छौ? तिमी भन्दा एकै पद माथि त हो नि त्यो? तिमी राम्ररी काम गर न, कति नै समय लाग्छ र एक पद प्रमोसन हुन?

साथी: मैले त्यसो भन्न खोजेको होइन। वास्तवमा सब लाचार छन् यता। हाकिम, त्यस्को पनि हाकिम, सचिव, सल्लाहकार, मन्त्री, प्रधान मन्त्री सब लाचार छन्। सबलाई थाह छ देशको लागि गर्नु पर्छ भनेर, तर कसैलाई पनि कसरी गर्ने भन्ने थाह छैन।

म : हो र?

साथी: वास्तवमा म मेरो पढाइमा राम्रै थिएँ। शायद मेरा हाकिमहरु पनि राम्रै पढेर नै यहाँ आइपुगेका होलान्। तै पनि हाम्रो व्याबारिक ज्ञानको कुरा आउँछ हाम्रो ज्ञान यति सिमित छ कि मलाई लाज लाग्छ। हामीलाई देशको बारेमा, यहाँको प्रविधिको बारेमा केही थाह नै छैन भन्दा पनि हुन्छ। संरचना नै यस्तै छ यहाँको। अनि डोनरले जे भन्यो, त्यही गर्ने हो। आखिर केही त गर्नै पर्‍यो नि, कि कसो?

म : हि हि

साथी: आजै मलाई 'Genetically modified Organism' को बारेमा एउटा बैठकमा जानुछ। केही भन्न चाहन्छौ यो बारेमा?

म : के थाह मलाई? KU मा काम गर्दा Bio-Tech को बारेमा सुनेको थिएँ, त्यस्तै त होला नि?

साथी: शायद तिमीलाई पत्याउन गाह्रो होला, तर मैले यहाँ यस्तै बैठकहरुमा भाग लिरहनु पर्छ। कहिले Nuclear Weapon, कहिले Chemical Weapon अनि कहिले Sesmic Hazzard इत्यादी इत्यादी। यस्तो बैठकमा अलि अलि गफ हान्ने समेत भइसकिं नि म त।

म : त्यसो भए पाँच तारे होटेलतिर दह्रोसित जान्छ Chicken Tandori?

साथी: एउटा मिटिङ्गमा एउटा डोनरले भनेको 'गरिवको अधिकार हुँदैन रे!' मैले त सोच्नै छाडेँ अचेल यस्ता कुराहरु।

Wednesday, December 13, 2006

FEA SUCKS

आयो आयो आयो
हात्ती होइन, फुस्सा आयो
आज मेरो ग्रेड आयो

सोचे जस्तै भयो, ध्वस्त भएको FINITE ELEMENT ANALYSIS (FEA) को ग्रेड त्यसै अनुरुपको आयो। जम्मा चारवटा परिक्षाहरु भएका थिए यो विषयमा। पहिलो परिक्षामा खासै केही पनि पढिएकै थिएन, तैपनि 99/100 आएको थियो। दोस्रोमा मेहनत परेको थियो, तैपनि गलत किसिमको परिक्षाको कारण 52/100 आयो।

अब तेस्रो जाँचको कुरा। एउटा दिइएको Steel Bracket, जसलाई कुनै अर्को Fixed Steel मा Welding गरिएको छ, मा कति Force लाग्दा Failure अर्थात भाँचिन शुरु हुन्छ भनेर प्रश्नमा सोधिएको थियो। Mechanica र Nastran प्रयोग गरेर जवाफ तयार पार्नु पर्ने थियो। तर कक्षाका कसैले पनि (नेपाली, इण्डियन र खैरे सबैले) नबुझ्ने Drawing दिएका प्रोफेसर दङ्ग थिए आफू सफल भएकोमा। कति आयो नम्बर चाहीं बुझ्नै खोजिएन।

अब चौथो अर्थात फाइनलको कुरा। लिने भनेको दिनमा प्रोफेसरको मिटिङ परेर दुई दिन अगाडि नै एक घण्टाको खबरमा भएकोमा कुनै आपत्ती भएन हामीलाई। प्रश्न पनि धेरै सजिलो थियो (रहेछ) यसपाली चाहीं। पहिले जस्तै दिइएको कुनै Welded Bracket मा ४००० पाउण्ड Force लगाउदा नभाँचिन हुनु पर्ने Welding को Size सोधिएको थियो। तर यस पटक पनि प्रोफेसर सफल भए, यति Diplomatic र घुमाउरो पाराले उनले भाषा तयार पारेका थिए कि जाँच सकिए पछि मात्र कक्षाका सबैले राम्ररी प्रश्न बुझ्यौं।

प्रोफेसरले होइन, भगवान्‌ले दिएका हुन् , मेरो ग्रेड B आयो।

Saturday, December 09, 2006

बल्गरको विवाह?

पहिले पहिले आफ्नो विवाहको कुरा गर्न धेरै जसो केटीहरु लजाउँथे रे! अचेलका केटीहरु के गर्छन् थाह छैन मलाई। तर विवाहमा साथीहरुको अगाडी केटा नै चाहिं लजाएको त्यत्ति थाह छैन मलाई।

कुरा विवाहको होइन। हाम्रा एकजना बल्गर साथीले कार किनेछन् आज तर दिनभर च्याट गर्दा समेत यो कुरा नभनेर राती भएपछि मात्र message पठाएछन्। विवाहमा लजाएको जस्तो भयो रे ढकाल जी साथीहरुले भनेको!

सँगैका एकजना साथीले त ढकालजीलाई फोन गरेको हो राती , तर मैले फोन खोसेर कुरा मोडिदिएँ। बल्गको विषय कसले गुमाओस्, कि कसो ए साथी हो?

Friday, December 08, 2006

Cow

Cow is the national animal of Nepal. I may think that beef is not the cow of Nepal, but as a Nepali, I have some inborn gene(?) that makes me respect cow.

Maoist are talking about removing cow from the National animal.

National animal is not just about honouring an animal, but it reflects the social and cultural glimpse of the nation. It is true that Cow is our current national animal becuase of her religious link with Hinduism. But it that all?

If we see the present context, all Nepalese respect cow regardless of their religion. Our society has lifted cow's position from religious to cultural values.

(Well, I abandoned this post yesterday thinking I will continue today. But not in mood to continue now. Sorry)

Ways of Life

My life is not going in the way I have been thinking. I don't know the reason behind this. May be I am lazy, may be my ways of thinking are wrong or may be I am acting in a wrong way.

I do believe in luck. So, its very easy for me to say that I am not lucky this very time. Can we change our luck? Can I?

I am about to experiment something in my life. Even my close friends may not know about it. I am sorry I am not willing to share you about this experiment. But I will let you know if it works or not; may be after 1 months. I will be happy if my experiment failed.

Seems funny, right? Or is it childish? For me, that's the way of life.

EXAM FEVER

I have a habit that whenever I am about to get sick, I get a special permonition. Since I remember myself, I see some type of black shapes in dream or when I close my eyes as this premonition. I am used to with it and upon seeing such things, I am always prepared for getting ill.

But the exam fever is the one for which I am never ready. Its not that I don't know it is coming. But.....

I was never a good student and thanks to the God, never that bad either. If dictionary definition to be applied, I fit in the category of average student. Its my habit that i enjoy studying. But my problem is that I cannot enjoy all the subjects. And I have my own rule (as in case of religion) to decide what to study and to what depth. If something is boring to me, I neglect it regardless of its importance in the exams. This habit never allows me to go above average.

My first semester in the university here in USA is just over.Unlike other times, this time I enjoyed all the courses. But may be the courses did not enjoy me; I am expecting an average grades.

Damn care to grades till I am satisfied with myself.

Sunday, December 03, 2006

Let Picture Speak

Model Leaders of Nepal
( This picture cut is the adds by Google in no other than our famous site www.enepalnews.com.)

संस्कृति कि बाध्यता?

हाम्रा जनजीवनमा यस्ता धेरै संस्कृति र संस्कारहरु छन् जसको हामी गर्ब गर्न सक्छौं। हामी पाहुनालाई भगवान् मान्छौं, यो एउटा गर्ब गर्न लायकको संस्कृति हो। आफू गुन्द्रक र ढिंडो खाएर भए पनि अतिथीलाई चामलको भात खुवाउने चलन अझै पनि हराइसकेको छैन।

आज कान्तिपुरमा एउटा समाचार पढियो-पानी माग्नेलाई मोही खान दिन्छन् रे पाकरबास-रामेछापका गाँउलेहरु। घरमा गाई, भैंसी छन्, तर दूधको व्यापार गर्न बाटो छैन। त्यो ठाउँबाट कसैले दूध किनेर खान्छ भने उसले खाएको दूध पानी नमिसिएको pure हुन्छ। कारण गाँउमा दूध फालाफाल छ, पानी छैन। अनि पानी माग्नेलाई मोही दिने संस्कृतको साथ साथ बाध्यता पनि भयो। छोरी दिंदा दाइजो दिनु पर्ने संस्कार र बाध्यता दुबै भए झैं।

तर चिन्ता नगर्नोस् पाकरबासका दाजुभाइ, दिदीबहिनीहरु, काठमाडौं भन्दा त तपाईंहरु नै भाग्यमानी। काठमाडौंमा त न पानी छ, न pure दूध छ र न त त्यो संस्कार नै छ। झोंकतन्त्रको जमानामा तपाईहरुले पिउन दिएको मोहीले चाही शान्तिपूर्ण आन्दोलन गरेको मलाई भान भयो। धेरै खुशी लाग्यो। किनकी कुनै समयको हाम्रो संस्कार शान्ति आज हाम्रो चाहना र बाध्यता दुबै हो।