नाम नै यस्तै जुरेपछि....
मार्कोनी र रेडियो वास्तवमा बाबु र छोरा हुन्। तर म कसैको बाबु होइन। हत्या धेरैको गरें होला तर कसैलाई जन्माएको पनि छैन। फेरि कसरी त यो नाम? जवाफ सजिलो छ मेरो लागी-"नाम नै यस्तै जुरेपछि...."।
यो संसारको सार पाउन त्यति सजिलो छैन। आकासमा सूर्य छ भनेर माथि जाँउ, जति उँचाइमा पुगिन्छ, त्यति नै जाडो हुन्छ। रकेट चडेर स्पेसमा पुग्ने पहिलो व्यक्ति युरि गागरिन प्लेन पड्केर मरे। सगरमाथाको टुप्पोलाई 'घर-खेत' बनाउने बाबु छिरि शेर्पा खाल्डोमा खसेर बाँच्न सकेनन्। गोहीमारा (Crocodile Hunter) लाई आखिरमा माछाले उछिन्यो। नाम र कामको अन्जाम सित केही सम्बन्ध हुँदैन, यो मेरो विश्वास हो। विगतको यादमा गर्व गर्नु भनेको त फगत खरानी ताप्नु हो। भविष्यको कालखण्डमा अतालिनु त झन् मृत्यूको डरमा आत्महत्या गर्नु जस्तै हो। त्यसो भए वर्तमान के हो त? यस्को जवाफ म होइन, यो ब्लगले दिने आशा गरौं।
No comments:
Post a Comment