Tuesday, January 16, 2007

नवराज सरको गोदाइ

स्कुलको कुरा याद आयो कि मलाई दुईटा कुराको एकदम याद आउँछ, एउटा नौ कक्षामा पुष्पा मिसले गरेको गाली अनि अर्को चाहिं ६ कक्षामा नवराज लम्साल सरले गोदेको।

मैले त्यसदिन लाइब्रेरीबाट 'गिनिज बुक अफ वल्ड रेकर्ड'को किताब ल्याएको थिएँ। कक्षामा नवराज सर आइसकेका रहेछन्। 'म्याइ कम इन सर' भनेर भित्र गइयो। एउटा साथी थियो-रविन पण्डित नामको। गिनिज बुक हातमा देखेर उसले मलाई जिस्काउँदै भन्यो-'ल हेर, केटाहरु यस्तो यस्तो किताब पढ्ने भइसके!'। मैले पण्डित साथीलाई जिस्काउँदै भनें-'तिमी जस्तो संस्कृतको ठेलि पढ्ने हो त म!'।
नवराज सरले त्यतिखेर हामीलाई संस्कृत पढाउँथे। मेरो दुर्भाग्य, नवराज सरले मैले भनेको कुरा मात्र सुने। अर्थको अनर्थ भयो त्यसपछि। भर्खर फ्रान्समा कबिता महोत्सबमा भाग लिएर फर्केका नवराज सरले 'तँलाई संस्कृत पढाउनेले अङ्ग्रजी जान्दैन जस्तो लाग्छ? म भर्खर फ्रान्समा दुइटा भाषण कागत नहेरि दिएर आएको छु, संस्कृतको क्लासमा तँ संस्कृतलाई हेप्सछ्। नाम मार्कोनी भएर हुन्छ?'

अधुरो कुरा सुनेर उनले त्यस पछि मेरो यति राम धुलाई गरे कि त्यसको बयान म गर्न सक्दिन। रेडियो नेपालमा कार्यक्रम प्रस्तोता भएर पछि भानुभक्त स्कुल छाडेर जाँदा 'म मार्कोनीलाई कहिले पनि बिर्सिन सक्दिन'भन्ने नवराज सरको त्यो पिटाइ शायद म पनि कहिल्यै बिर्सिन्न होला।

2 comments:

Dipesh Gautam ( दिपेश गौतम ) said...

के हो साथी आजकल गोदाइ खाएको मात्र याद आउँछ न त ! किन हो त्यस्तो ? फेरी खान नपाएर हो कि के हो ? कतै को नि के लाई को नि के नपुगेको जस्तै हो कि क्या हो ? हे हे हे ।

Anonymous said...

Interesting even. Anyway, it is not too bad.