Monday, November 13, 2006

साभार, ऋतुराज

काठमाडौँको टुँडिखेल छेउ नेपाल वायुसेवा निगमको भवन र वैदेशिक हुलाक कार्यालयबीचमा ठडिएको विशाल सपिङ सेन्टरको भवनमा 'काठमाण्डू मल' लेखिएको बडेमाको साइनबोर्ड देखेर एक जनाले सोधेः “युरिया मल सुनिएको थियो, कम्पोस्ट मल सुनिएको थियो, प्राङ्गारिक मल सुनिएको थियो, रासायनिक मल सुनिएको थियो, चिनी मल र गेडा मल पनि सुनिएको थियो। यो कुन चाहिँ मल पर्‍यो काठमाण्डू मल?”
अर्काले भनेः धनीमानी र आधुनिकहरूले किन्ने र खाने ठाउँलाई 'मल' भन्छन्। यो उनीहरूकै 'मल' हो।

1 comment:

Anonymous said...

कुरा सही गर्नुभयो मार्कोनी जी । यो मल त मोटामोटा गोजी हुनेहरुको पो हो त | बिचरा युरिया र गेडे मलको बारेमा बुझ्दै हिँड्नेलाई के थाहा । यही युरिया र गेडे पनि किसानले त किन्नै नसक्ने गरि भाउ बढ्यो रे भन्ने सुन्छु अब त्यो पनि त्यही काठमाण्डौ "मल"मा नै लगेर राख्नु पर्ला कि क्या हो ।