Monday, November 06, 2006

Karnali, Karnali, Karnali

So many days passed by, but never had chance to read an article that reflects the true situation of Nepal. Today, I am calling Karnali as Nepal which is opposite of what we usually do. I just read the article by Narahari Acharya.

I personally knew Mr. Acharay when I was in Kathmandu. This knowing was of course one sided. But I have always been impressed by his depth knowledge. I remember my friends being scolded by him for mistake in writing their own name. Mr. Dhurba Acharya (Officer, Bhanubhakta School) and friend Mr. Sushil Gautam even corrected their writing style afterwards.

Some lines that I liked best from the article: (Source: Nepal Magazine)

  • कणर्ाली शान्त देखिन्थ्यो तर त्यसभित्रको ऊर्जा तीव्र थियो । कणर्ाली धेरै पछाडि परेको, केही नबुझेको भन्ने मनोविज्ञान काठमाडौँमा छ । तर, उनीहरूले राज्यले गरेको व्यवहारका बारेमा जस्तो टिप्पणी गरे, त्यो सौम्य कणर्ालीभित्रको ऊर्जाजस्तै थियो । उनीहरूभित्र राज्यप्रतिको असन्तोष र आक्रोश भेटिन्थ्यो ।
    __________________
  • दैलेखकै केही भागदेखि कालीकोट हुँदै जुम्ला पुगेको त्यो बाटो खन्ने जिम्मा सेनाले लिएको छ । शाही शासनका बेला चाँडो बाटो बनाउने राजाको उर्दीलाई शिरोपर गर्दै सडकको चौडाइ चार मिटर मात्रै खनिएको रहेछ । त्यो विकट ठाउँमा चार मिटरको बाटो खाली एकोहोरो हिँड्नलाई मिल्ने भएकाले चौडा बनाउन फेर िखर्च भइरहेको छ । सेनाले बाटो बनाएको हल्ला चलाइए पनि यथार्थमा त्यो बाटो सेनाका जवानले नबनाएको थाहा भयो । सेनाले ठेक्का मात्र लिएको र आफूअन्तर्गत काम गराइरहेको जनताको भनाइ थियो ।
    _________
  • ठाउँठाउँमा राजनीतिक विषयको कुराकानी पनि हुन्थ्यो । 'तपाईंहरू कर्मचारी हो ?' भनेर सोधिन्थ्यो हामीलाई । होटलमा खाना खाने कर्मचारी हुँदारहेछन् । हामीले पार्टीका मान्छे भन्दा उनीहरू माओवादी भन्ठान्दारहेछन् । गाउँमा पार्टीका मान्छे भनेर हिँड्ने प्रायः माओवादी हुँदा रहेछन् ।
    ______
  • दैलेख, कालीकोट हुँदै जुम्ला पुग्दा हामीलाई के अनुभूति भयो भने नेपालको केन्द्रीकृत संरचनाले समग्र नेपाललाई न्यायपूर्ण शासन व्यवस्था दिन सक्दैन । काठमाडौँ बसेर हामीले जुन निर्णय गर्छौं, ती सहयोगकै निर्णय पनि कतिपय सन्दर्भमा त्यहाँ पुग्दा छुट्टै कष्ट र वेदना दिने विषय बन्दारहेछन् । कणर्ालीको बजेट या त नेपालगन्जका व्यापारी वर्गको हातमा पर्छ या वायुसेवाले आफ्नो कमाइको स्रोत बनाउँछ ।
    ___________
  • एक जना जुम्लीले नेपाल एकीकरणको सन्दर्भ कोट्याउँदै टिप्पणी नै गरे, "बहादुर शाह कणर्ाली एकीकरण गर्न पुग्दा जुम्लीहरूले प्रतिकार गरे । सुदूरपश्चिमका कतिपय मान्छेहरूले आत्मसमर्पण गरे तर जुम्लीहरू लडे । त्यसैकारण सुदूरपश्चिमका मान्छे माथिल्लो ओहोदामा पुगे तर जुम्लीले त्यस् तो ठाउँ पाएनन् ।" अर्का एक कणर्ालीवासीले थपे, "बहादुर शाहले कणर्ाली नेपालमा मिसाएको कुरा काठमाडौँमा भन्दै भनेनन् कि, जसले गर्दा कणर्ालीप्रति काठमाडौँले कहिल्यै सही दृष्टिकोण बनाएन ।"
    _____________
  • कणर्ालीलाई विपन्न क्षेत्रका रूपमा चित्रण गरन्िछ । तर, आठ-नौ सय वर्षअघि त्यो खस साम्राज्यको राजधानी थियो भन्ने सम्झना गर्दा अनौठो लाग्छ । त्यस क्ष्ाेत्रमा राजधानी बन्न सकेको र त्यसमार्फत शासन सञ्चालन भइसकेको इतिहास स्मरण गर्ने हो भने त्यसबेलामा पनि बाटो थिएन । हवाई यातायात थिएन । अहिले किन कमजोर भयो भने त्यहाँ आफँै निर्णय गर्ने अधिकार रहेन ।
    _____________
  • विद्युत्को ठूलो सम्भावना बोकेका ठाउँमा रहेका हामीलाई टुकीमाराको योजना ल्याइदिएर ठूलै बेइज्जत गराइएको भन्ने अर्को आक्रोश भेटियो त्यहाँ । चामल खुवाउने योजनाजस्तै टुकीमारा-योजना कसैलाई धनी बनाउने प्रपञ्च हुनसक्ने उनीहरूको दाबी छ ।
    ______________
  • राजाकै विषयमा पनि तिनको भनाइ थियो, राजा 'तपाईं काठमाडौँकालाई चाहिएको होला, हामीलाई त चाहिएको छैन ।' यस ढङ्गको टिप्पणी आमरूपमा व्यक्त भइरहेको छ ।
    _____________
  • विश्वमा नै सबैभन्दा बढी उचाइमा धान फल्ने ठाउँ भनेर नाम कमाएको कणर्ाली, जलस्रोतदेखि जडीबुटीले सम्पन्न भए पनि 'दरिद्र' भनेर पहिचान बनाउन बाध्य भएको छ ।

No comments: