Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Sunday, December 24, 2006

नेपाल

केही दिन अगाडी एउटा प्रोफेसरसँग कुराकानी हुँदा उनले सोधिन्-"तिमीहरुको देशमा त जहाँबाट हेरे पनि माउन्ट एभरेष्ट देखिन्छ होला, हैन?"
अर्को एउटा विदेशी साथीले हामीले फुटबल खेलेको देखेर सोधेका थिए-"तिमीहरुको देशमा पनि फुटबल ग्राउण्ड छ?" उनले पनि नेपाल पहाडै पहाडको देश भनेर सुनेका रहेछन्।
झन् टाढाका पनि होइन, एकदमै नजिकका, भारतका एकजना साथीले मलाई सोधेका थिए-"तिमीहरुको देशमा त पहाडै पहाड छ रे, सुत्‍ने खाट कसरी अड्छ त्यस्तो ठाडो डाँडामा?" भन्नै पर्दैन, उनी सरदार थिए।

देशको बारेमा त थाह रहेछ, तर उनीहरुले नेपाल सम्बन्धि पाएको 'थाह' नेपाल र नेपालीले दिन खोजेको 'थाह' बाट कतै धेरै टाढा पुगेको त होइन। खै के, खै के??

Sunday, December 17, 2006

गरिबको अधिकार हुँदैन

उद्योग मन्त्रालयका एकजना अधिकृत साथीसँग केही दिन अगाडी च्याटमा भेट भएको थियो।धेरै पछि भेट भएको एउटा साथीसँगको कुराकानीको बिचबाट एउटा अधिकृतसँगको छलफल निकालेर यता राखेको छु।

साथी: के छ मार्को?

म : ओहो साथी!, के छ हालखबर? के हो? म जस्तै इन्टरनेटको दुरुपयोग गर्दै छौ कि क्या हो सिंहदरवारमा बसेर?

साथी: होइन यार, म त दिगो विकासका कुराहरु पढ्दै छु।

म : ओहो, दिगो विकास भनेको त त्यो महेश भट्टराईले Final Year मा पढाएको कुरा होइन?

साथी: देशमा विकास छ कि छैन थाह छैन, तर के गर्नु? काम गर्न दिगो विकास नभई हुँदैन।

म : गर्नु त परि गो नि साथी। नेपालमा अधिकृत पो हौ त तिमी।

साथी: किन दिगो विकास? थाह छ?

म : विकास चाहिन्छ नै, दिगो हुनै पर्‍यो, त्यसैले त होला नि!

साथी: होइन ब्रदर। त्यति सजिलो कहाँ हुन्छ?

म : अनि?

साथी: डोनरको इन्ट्रेस्ट त्यता छ, त्यसैले। विदेशीको चाहना‍‍..........

म : डोनरको मात्र किन? हाम्रो पनि त प्राथमिकता त्यही होला नि?

साथी: वास्तवमा हाम्रो प्राथमिकता के हो? हामीलाई थाह छैन। वास्तवमा यो विकास हुने ठाँउ नै होइन।

म : कसरी?

साथी: ट्यालेन्ट सबै बाहिर, हाम्रै क्लासका आधि बाहिर छन्, सबै बाहिर गए पछि कसले, किन र कसरी गर्ने विकास?

म : तिमी छौ नि त्यता? हामी मध्ये सबसे खतरा त तिमी नौ हौ नि यार।

साथी: छोड विकासका कुराहरु, यता त धेरै जाडो छ यार अचेल। यो मौसमले त मलाई बिहे गर्न पो प्रेरित गरिराको छ यार।

म : लौ, हो र? हाहा। कसरि?

साथी: दिल बेइमान.......

म : यता त हामी फुर्सद भयो कि म्यारिज चल्छ यार। हिजै मैले 1$ जितिं म्यारिजमा। तर मालै नपर्ने भनेको!

साथी: जम्मा एक डलर?

म : यता डोनरले पैसा दिंदैन, के गर्नु? साँचि डोनरले नेपालमा के यो काम गर् भनेर दबाव नै दिन्छ? कि चाहीं यसो गर्नु पर्‍यो भनेर भन्छ अनि तिमीहरु खुरुक्क त्यही गर्छौ?

साथी: डोनरले पैसा दिएर हैरान, हामी पैसा दिन आयो भने भाग्छौं। तिमि त पत्याउँदैनौ होला?

म : हो र? कुन फिल्डमा दिन्छ त्यस्तरी पैसा?

साथी: पैसा त जहाँ पनि छ, तर पनि Environment, Energy भयो भने अलि धेरै झर्छ।

म : वास्तवमा यो डोनर भनेको कस्तो हुन्छ? यसले experiment गर्न त्यसो गर्छ कि? कि नेपालको बारेमा धेरै कुरा थाह पाएर हो? कि केही थाह नै हुँदैन? कि यो धेरै पैसा हुनेहरु मूर्ख नै हुन्छन्?

साथी: वास्तबमा यो डोनरको र हाम्रो प्राथमिकता नै मिल्दैन, तै पनि...। अझ, कुन प्रोजेक्ट राम्रो भन्ने कसैलाई पनि थाह नै हुँदैन, पछि फेल भएपछि मात्रै झुर काम भएछ भन्ने थाह हुन्छ।

म : किन त्यस्तो हुन्छ त?

साथी: तिमीलाई थाह छ मेरो माथिको हाकिम को छ?

म : एउटा ठूलो नेताको मान्छे छ क्यारे, हैन?

साथी: ऊ पनि मेकानिकल ईञ्जिनियर हो।

म : त्यसपछि? के गर्छ त त्यसले?

साथी: त्यस पछि सकियो। केही पनि गर्दैन।

म : प्रविधिको ज्ञान चाहीं कति को छ त्यसलाई?

साथी: वास्तवमा नेपालमा केही गर्न सकिंदैन, बुझ्यौ?

म : किन त्यस्तो भन्छौ? तिमी भन्दा एकै पद माथि त हो नि त्यो? तिमी राम्ररी काम गर न, कति नै समय लाग्छ र एक पद प्रमोसन हुन?

साथी: मैले त्यसो भन्न खोजेको होइन। वास्तवमा सब लाचार छन् यता। हाकिम, त्यस्को पनि हाकिम, सचिव, सल्लाहकार, मन्त्री, प्रधान मन्त्री सब लाचार छन्। सबलाई थाह छ देशको लागि गर्नु पर्छ भनेर, तर कसैलाई पनि कसरी गर्ने भन्ने थाह छैन।

म : हो र?

साथी: वास्तवमा म मेरो पढाइमा राम्रै थिएँ। शायद मेरा हाकिमहरु पनि राम्रै पढेर नै यहाँ आइपुगेका होलान्। तै पनि हाम्रो व्याबारिक ज्ञानको कुरा आउँछ हाम्रो ज्ञान यति सिमित छ कि मलाई लाज लाग्छ। हामीलाई देशको बारेमा, यहाँको प्रविधिको बारेमा केही थाह नै छैन भन्दा पनि हुन्छ। संरचना नै यस्तै छ यहाँको। अनि डोनरले जे भन्यो, त्यही गर्ने हो। आखिर केही त गर्नै पर्‍यो नि, कि कसो?

म : हि हि

साथी: आजै मलाई 'Genetically modified Organism' को बारेमा एउटा बैठकमा जानुछ। केही भन्न चाहन्छौ यो बारेमा?

म : के थाह मलाई? KU मा काम गर्दा Bio-Tech को बारेमा सुनेको थिएँ, त्यस्तै त होला नि?

साथी: शायद तिमीलाई पत्याउन गाह्रो होला, तर मैले यहाँ यस्तै बैठकहरुमा भाग लिरहनु पर्छ। कहिले Nuclear Weapon, कहिले Chemical Weapon अनि कहिले Sesmic Hazzard इत्यादी इत्यादी। यस्तो बैठकमा अलि अलि गफ हान्ने समेत भइसकिं नि म त।

म : त्यसो भए पाँच तारे होटेलतिर दह्रोसित जान्छ Chicken Tandori?

साथी: एउटा मिटिङ्गमा एउटा डोनरले भनेको 'गरिवको अधिकार हुँदैन रे!' मैले त सोच्नै छाडेँ अचेल यस्ता कुराहरु।

Monday, November 06, 2006

Karnali, Karnali, Karnali

So many days passed by, but never had chance to read an article that reflects the true situation of Nepal. Today, I am calling Karnali as Nepal which is opposite of what we usually do. I just read the article by Narahari Acharya.

I personally knew Mr. Acharay when I was in Kathmandu. This knowing was of course one sided. But I have always been impressed by his depth knowledge. I remember my friends being scolded by him for mistake in writing their own name. Mr. Dhurba Acharya (Officer, Bhanubhakta School) and friend Mr. Sushil Gautam even corrected their writing style afterwards.

Some lines that I liked best from the article: (Source: Nepal Magazine)

  • कणर्ाली शान्त देखिन्थ्यो तर त्यसभित्रको ऊर्जा तीव्र थियो । कणर्ाली धेरै पछाडि परेको, केही नबुझेको भन्ने मनोविज्ञान काठमाडौँमा छ । तर, उनीहरूले राज्यले गरेको व्यवहारका बारेमा जस्तो टिप्पणी गरे, त्यो सौम्य कणर्ालीभित्रको ऊर्जाजस्तै थियो । उनीहरूभित्र राज्यप्रतिको असन्तोष र आक्रोश भेटिन्थ्यो ।
    __________________
  • दैलेखकै केही भागदेखि कालीकोट हुँदै जुम्ला पुगेको त्यो बाटो खन्ने जिम्मा सेनाले लिएको छ । शाही शासनका बेला चाँडो बाटो बनाउने राजाको उर्दीलाई शिरोपर गर्दै सडकको चौडाइ चार मिटर मात्रै खनिएको रहेछ । त्यो विकट ठाउँमा चार मिटरको बाटो खाली एकोहोरो हिँड्नलाई मिल्ने भएकाले चौडा बनाउन फेर िखर्च भइरहेको छ । सेनाले बाटो बनाएको हल्ला चलाइए पनि यथार्थमा त्यो बाटो सेनाका जवानले नबनाएको थाहा भयो । सेनाले ठेक्का मात्र लिएको र आफूअन्तर्गत काम गराइरहेको जनताको भनाइ थियो ।
    _________
  • ठाउँठाउँमा राजनीतिक विषयको कुराकानी पनि हुन्थ्यो । 'तपाईंहरू कर्मचारी हो ?' भनेर सोधिन्थ्यो हामीलाई । होटलमा खाना खाने कर्मचारी हुँदारहेछन् । हामीले पार्टीका मान्छे भन्दा उनीहरू माओवादी भन्ठान्दारहेछन् । गाउँमा पार्टीका मान्छे भनेर हिँड्ने प्रायः माओवादी हुँदा रहेछन् ।
    ______
  • दैलेख, कालीकोट हुँदै जुम्ला पुग्दा हामीलाई के अनुभूति भयो भने नेपालको केन्द्रीकृत संरचनाले समग्र नेपाललाई न्यायपूर्ण शासन व्यवस्था दिन सक्दैन । काठमाडौँ बसेर हामीले जुन निर्णय गर्छौं, ती सहयोगकै निर्णय पनि कतिपय सन्दर्भमा त्यहाँ पुग्दा छुट्टै कष्ट र वेदना दिने विषय बन्दारहेछन् । कणर्ालीको बजेट या त नेपालगन्जका व्यापारी वर्गको हातमा पर्छ या वायुसेवाले आफ्नो कमाइको स्रोत बनाउँछ ।
    ___________
  • एक जना जुम्लीले नेपाल एकीकरणको सन्दर्भ कोट्याउँदै टिप्पणी नै गरे, "बहादुर शाह कणर्ाली एकीकरण गर्न पुग्दा जुम्लीहरूले प्रतिकार गरे । सुदूरपश्चिमका कतिपय मान्छेहरूले आत्मसमर्पण गरे तर जुम्लीहरू लडे । त्यसैकारण सुदूरपश्चिमका मान्छे माथिल्लो ओहोदामा पुगे तर जुम्लीले त्यस् तो ठाउँ पाएनन् ।" अर्का एक कणर्ालीवासीले थपे, "बहादुर शाहले कणर्ाली नेपालमा मिसाएको कुरा काठमाडौँमा भन्दै भनेनन् कि, जसले गर्दा कणर्ालीप्रति काठमाडौँले कहिल्यै सही दृष्टिकोण बनाएन ।"
    _____________
  • कणर्ालीलाई विपन्न क्षेत्रका रूपमा चित्रण गरन्िछ । तर, आठ-नौ सय वर्षअघि त्यो खस साम्राज्यको राजधानी थियो भन्ने सम्झना गर्दा अनौठो लाग्छ । त्यस क्ष्ाेत्रमा राजधानी बन्न सकेको र त्यसमार्फत शासन सञ्चालन भइसकेको इतिहास स्मरण गर्ने हो भने त्यसबेलामा पनि बाटो थिएन । हवाई यातायात थिएन । अहिले किन कमजोर भयो भने त्यहाँ आफँै निर्णय गर्ने अधिकार रहेन ।
    _____________
  • विद्युत्को ठूलो सम्भावना बोकेका ठाउँमा रहेका हामीलाई टुकीमाराको योजना ल्याइदिएर ठूलै बेइज्जत गराइएको भन्ने अर्को आक्रोश भेटियो त्यहाँ । चामल खुवाउने योजनाजस्तै टुकीमारा-योजना कसैलाई धनी बनाउने प्रपञ्च हुनसक्ने उनीहरूको दाबी छ ।
    ______________
  • राजाकै विषयमा पनि तिनको भनाइ थियो, राजा 'तपाईं काठमाडौँकालाई चाहिएको होला, हामीलाई त चाहिएको छैन ।' यस ढङ्गको टिप्पणी आमरूपमा व्यक्त भइरहेको छ ।
    _____________
  • विश्वमा नै सबैभन्दा बढी उचाइमा धान फल्ने ठाउँ भनेर नाम कमाएको कणर्ाली, जलस्रोतदेखि जडीबुटीले सम्पन्न भए पनि 'दरिद्र' भनेर पहिचान बनाउन बाध्य भएको छ ।

Wednesday, October 25, 2006

Visiting Nepal Television


Nepal Televison can not be compared with CNN or BBC. But it is still considered the best among Nepalese TV channels. So far as web site of NTV is concerned, forget CNN and BBC; it is even far behind its Nepalese counterpart Kantipur. I visited the NTV official site today and I am ashamed after doing it.

Some of the findings are as follows:

  1. The official site of NTV was last updated some years ago.
  2. They have not even bothered to change their program schedule.
  3. Forget program schedule, they are still showing their old advertising RATE.
  4. Even Dhakal & Brothers' site www.nepalmandap.com has the feature of scrolling latest news. Don't expect such things in that site.
  5. Except the NTV logo, nothing moves in the whole site. Except the Organization chart and map of nepal showing their range of Transmission, no picture can be found in the whole site. (Notice bold text in this point and Undersatnd that NTV is now boardcasted via satellite.)
  6. The place where visitor's counter is supposed to be, this is the exact text that appeared: This site is visited [an error occurred while processing this directive] times since January, 2000

In the very first page and first line, they claim to be the youngest TV station in Asia. But when considered that locals like KTV and Image have made so much achievements, it makes me laugh and nothing else.

Even a child of 12 year can now make and maintain a better site than this one. NTV officials, better remove this site from Internet or UPDATE it.

Nepal TV's official site: http://www.explorenepal.com/ntv/
Kantipur's official site: http://www.kantipuronline.com/ktv.php

Visit these sites and compare yourself.

Tuesday, October 24, 2006

Has it changed; Kathmandu?


The photo is superbe. But I am sure Kathmandu is pretty the same old one, no major change at ll. But I missed Tihar a lot. May be because it was my first MISSED Tihar.

Monday, October 16, 2006

Serious Cartoon


Even crocodile is having real tears. Really a touchy situation and cartoon.

Tuesday, September 26, 2006

Fact about previous National Anthem

यसअघिको राष्ट्रिय गान जनताप्रति उत्तरदायी थिएन । राणा प्रधानमन्त्री वीरशमशेरको पालामा विक्रम संवत् १९५७ मा सेनाको ब्याण्ड नाइके बखतवीर बुढापिर्थीको धुनमा साहित्यकार चक्रपाणि चालिसेको शब्द भर्दै राष्ट्रिय गान तयार गरएिको थियो, जुन पूर्ण रूपमा राजसंस्थाप्रति समर्पित थियो । सो राष्ट्रिय गानको धुन तत्कालीन बरौदाका भारतीय ब्याण्ड मास्टर ए एम पठानले शाही सेनालाई पठाएको बताइन्छ । जुन बि्रटिश सैनिक धुनको 'कपी' थियो । जनआन्दोलन-२ को ऐतिहासिक सफलताको पृष्ठभूमिमा जेठ ४ गतेको प्रतिनिधिसभाको युगान्तकारी घोषणाले सो राष्ट्रिय गानलाई खारेज गरेको थियो । त्यसपछि सरकारी तवरबाट नै नयाँ गानको खोजी भइरहेको छ ।

(Source: Nepal Magazine)

Sunday, September 24, 2006

नेपालका प्रधानमन्त्री र हवाई दुर्घटना

समयले साथ नदिएकै त भन्नु पर्छ यसलाई कि जब जब उनी नेपालका प्रधानमन्त्री, त्यही बेलामा नै नेपालमा पहिरोको प्रकोप पर्छ, बाढीले देश बगाउँछ र आकासमा जहाजहरु पड्कन थाल्छन्।सत्ता बाहिर उहाँ हुँदा बरु त्यति कोलाहल मच्चिदैन नेपालमा। उनको योग्यता माथि उनका दाइले शंखा किन गरे, मलाई थाह छैन। मैले बिपि लाई देखिन, तर जिपिलाई देखेर पनि चिन्न सकिन। व्यक्तिगत रुपमा म जिपिलाई मन पराउँदिन। म जिपिको बिरोधी हुँ भन्नेमा मलाई शंखा छैन।

ती दिनहरु सम्झन्छु जब म ती १९ दिने आन्दोलनका क्रममा कहिले गंगबु त कहिले चावहिलमा हुन्थें आन्दोलनमा भागलिनको लागी। त्यतिखेर म कुनै पार्टी वा कुनै संगठनबाट नभएर एउटा नेपालीको रुपमा त्यहाँ उप्स्थित थिएँ। मेरो घर वरपरको वातावरण भनेको राजावादी थियो। पूरै टोलमा मुस्किलले २० जना बाहिर निस्केरै राजाको विरोध गर्थे होलान्। प्राय मेरा सबै समकक्षी साथीहरु आन्दोलनका विरोधीहरु थिए। यस्तोमा एउटा आन्दोलनलाई सपोर्ट गर्ने व्यक्तिको रुपमा मलाई सधैं एउटा प्रश्न साथीहरु सोधीरहन्थे- "यो आन्दोलन किन?गिरिजालाई प्रधानमन्त्री बनाउन?" म जवाफ दिन्थें-" पहिलेको भष्ट गिरिजालाई होइन, एउटा त्यस्तो नेतालाई प्रधानमन्री बनाउन जसले राजाका गलत कदमको कुनै पनि रुपमा समर्थन गरेन। गिरिजाको इतिहास नराम्रो होला, तर वर्तमानमा नेपालको एकमात्र सक्षम नेता भनेको ऊ नै हो।"

१९ दिन बित्यो। आन्दोलन आंशिक रुपमा सफल भयो। आशिंक यस कारण कि म राजा फालिएको दिन मात्र आन्दोलन पूरा सफल भएको मान्छु। गिरिजा प्रधानमन्त्री भए। मेरा राजाबादी साथीहरु त चुप लागे, तर म पनि आज अवाक भएको छु। हेलिकप्टर पड्कनुमा गिरिजाको दोष नहोला तर यो पड्काईले मलाई किन किन जनआन्दोलन भाग-२ अगाडी कै गिरिजा शासन याद आइरहेछ।

गिरिजाको शासनमा पहिले भए जस्तै हवाई दुर्घटना फेरी भयो। उनकै शासनकामला तत्कालिन राजाको हत्या भएको थियो। त्यो घटना पनि फेरि दोहोरिए देखिन् भने नेपाललाई त चाकको पिलो फुटेको जस्तो आनन्द हुने थियो नै, मेरा लागि पनि गिरिजा सघैंको लागी सर्वमान्य नेता हुन्थें।