Sunday, December 24, 2006

नेपाल

केही दिन अगाडी एउटा प्रोफेसरसँग कुराकानी हुँदा उनले सोधिन्-"तिमीहरुको देशमा त जहाँबाट हेरे पनि माउन्ट एभरेष्ट देखिन्छ होला, हैन?"
अर्को एउटा विदेशी साथीले हामीले फुटबल खेलेको देखेर सोधेका थिए-"तिमीहरुको देशमा पनि फुटबल ग्राउण्ड छ?" उनले पनि नेपाल पहाडै पहाडको देश भनेर सुनेका रहेछन्।
झन् टाढाका पनि होइन, एकदमै नजिकका, भारतका एकजना साथीले मलाई सोधेका थिए-"तिमीहरुको देशमा त पहाडै पहाड छ रे, सुत्‍ने खाट कसरी अड्छ त्यस्तो ठाडो डाँडामा?" भन्नै पर्दैन, उनी सरदार थिए।

देशको बारेमा त थाह रहेछ, तर उनीहरुले नेपाल सम्बन्धि पाएको 'थाह' नेपाल र नेपालीले दिन खोजेको 'थाह' बाट कतै धेरै टाढा पुगेको त होइन। खै के, खै के??

1 comment:

Rajesh said...

ek dam thik...
I'm living in India from a quite a long time, and I've encounter many such silly questions which blow up.....my mind..

the reason may be lack of communication with outer world, it's all about how u market yourself,

in 80s and 90s people in America and Europe use to think that all Indian's are snake charmers and wear colorful turban. you can take the example from Indian jones' and Armageddon movie..