Saturday, December 23, 2006

बरखी बारेको कुखुरा

“ए झाँक्री दाइ, लौन मेरो श्रीमतीलाई के रोग लागेको छ, यसो झारफुक गरिदिनु पर्‍यो।“
आगोको ज्वाला निल्दै बुर्लुक्क उफ्रेर काम्दै झाँक्रीले भन्यो-“मसाने भुतको मामला छ, एउटा बरखी बारेको कुखुराको भाले काट्यो भने सब ठिक हुन्छ”। झाक्रीले जवाफ दियो।

“ल बर्बाद, अब कुन कुखुराले बरखी बारेको छ भनेर कसरी थाह पाउने? कुनै कुखुराको बौ कुन हो, त्यो मरेको एक वर्ष भयो कि भा छैन, कसरी पत्तो लगाउने? सकिंदैन झाँक्री दाइ यो त”।

“त्यसो भए मलाई हजार रुपिँया दिनुस्, मैसँग छ एउटा यस्तो भाले” झाँक्रीले फलाक्यो।
बाध्य भएर विचरोले हजार रुपिँया निकाल्यो। त्यस पछि झाँक्रीले एउटा सेतो ब्रोइलर कुखुरा निकालेर काटेछ।


स्रोत: मह: http://www.bbc.co.uk/nepali/highlights/story/2004/09/040908_chhumantar.shtml

4 comments:

archana said...

vey funny. haa haa.

Dipesh Gautam ( दिपेश गौतम ) said...

बढा रमाइलो रहेछ साथी । मैले पनि सुनेँ । हाँस्दा हाँस्दा झण्डै आन्द्र चुँडिएको हे हे हे ।

Dipesh Gautam ( दिपेश गौतम ) said...

बढा रमाईलो रहेछ । मैले पनि हेरेँ । हाँस्दा हाँस्दा मेरो त झन्डै आन्द्रा चुँडिएको । हा हा हा ।

अरु पनि चाहियो यस्तै यस्तै ।

Dipesh Gautam ( दिपेश गौतम ) said...

बढा रमाइको रहेछ । मैले पनि हेरेँ । हाँस्दा हाँस्दा मेरो त झन्डै आन्द्र चुँडिएको । हा हा हा । अरु पनि यस्तै यस्तै रमाइलो हेर्न, सुन्न र पढ्न पाइयोस् ।