Wednesday, December 13, 2006

FEA SUCKS

आयो आयो आयो
हात्ती होइन, फुस्सा आयो
आज मेरो ग्रेड आयो

सोचे जस्तै भयो, ध्वस्त भएको FINITE ELEMENT ANALYSIS (FEA) को ग्रेड त्यसै अनुरुपको आयो। जम्मा चारवटा परिक्षाहरु भएका थिए यो विषयमा। पहिलो परिक्षामा खासै केही पनि पढिएकै थिएन, तैपनि 99/100 आएको थियो। दोस्रोमा मेहनत परेको थियो, तैपनि गलत किसिमको परिक्षाको कारण 52/100 आयो।

अब तेस्रो जाँचको कुरा। एउटा दिइएको Steel Bracket, जसलाई कुनै अर्को Fixed Steel मा Welding गरिएको छ, मा कति Force लाग्दा Failure अर्थात भाँचिन शुरु हुन्छ भनेर प्रश्नमा सोधिएको थियो। Mechanica र Nastran प्रयोग गरेर जवाफ तयार पार्नु पर्ने थियो। तर कक्षाका कसैले पनि (नेपाली, इण्डियन र खैरे सबैले) नबुझ्ने Drawing दिएका प्रोफेसर दङ्ग थिए आफू सफल भएकोमा। कति आयो नम्बर चाहीं बुझ्नै खोजिएन।

अब चौथो अर्थात फाइनलको कुरा। लिने भनेको दिनमा प्रोफेसरको मिटिङ परेर दुई दिन अगाडि नै एक घण्टाको खबरमा भएकोमा कुनै आपत्ती भएन हामीलाई। प्रश्न पनि धेरै सजिलो थियो (रहेछ) यसपाली चाहीं। पहिले जस्तै दिइएको कुनै Welded Bracket मा ४००० पाउण्ड Force लगाउदा नभाँचिन हुनु पर्ने Welding को Size सोधिएको थियो। तर यस पटक पनि प्रोफेसर सफल भए, यति Diplomatic र घुमाउरो पाराले उनले भाषा तयार पारेका थिए कि जाँच सकिए पछि मात्र कक्षाका सबैले राम्ररी प्रश्न बुझ्यौं।

प्रोफेसरले होइन, भगवान्‌ले दिएका हुन् , मेरो ग्रेड B आयो।

2 comments:

Ajaya said...

Vitamin B, Jindabad

Anonymous said...

B is not bad.