Sunday, December 03, 2006

संस्कृति कि बाध्यता?

हाम्रा जनजीवनमा यस्ता धेरै संस्कृति र संस्कारहरु छन् जसको हामी गर्ब गर्न सक्छौं। हामी पाहुनालाई भगवान् मान्छौं, यो एउटा गर्ब गर्न लायकको संस्कृति हो। आफू गुन्द्रक र ढिंडो खाएर भए पनि अतिथीलाई चामलको भात खुवाउने चलन अझै पनि हराइसकेको छैन।

आज कान्तिपुरमा एउटा समाचार पढियो-पानी माग्नेलाई मोही खान दिन्छन् रे पाकरबास-रामेछापका गाँउलेहरु। घरमा गाई, भैंसी छन्, तर दूधको व्यापार गर्न बाटो छैन। त्यो ठाउँबाट कसैले दूध किनेर खान्छ भने उसले खाएको दूध पानी नमिसिएको pure हुन्छ। कारण गाँउमा दूध फालाफाल छ, पानी छैन। अनि पानी माग्नेलाई मोही दिने संस्कृतको साथ साथ बाध्यता पनि भयो। छोरी दिंदा दाइजो दिनु पर्ने संस्कार र बाध्यता दुबै भए झैं।

तर चिन्ता नगर्नोस् पाकरबासका दाजुभाइ, दिदीबहिनीहरु, काठमाडौं भन्दा त तपाईंहरु नै भाग्यमानी। काठमाडौंमा त न पानी छ, न pure दूध छ र न त त्यो संस्कार नै छ। झोंकतन्त्रको जमानामा तपाईहरुले पिउन दिएको मोहीले चाही शान्तिपूर्ण आन्दोलन गरेको मलाई भान भयो। धेरै खुशी लाग्यो। किनकी कुनै समयको हाम्रो संस्कार शान्ति आज हाम्रो चाहना र बाध्यता दुबै हो।

No comments: